२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

एमालेले गर्यो केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर

काठमाडौं, २ भदौ । नेकपा (एमाले) ले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार बसेको सचिवालयको बैठकको निर्णयअनुसार शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

एमालेले केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई तोकेको छ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौंको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज तोकिएको छ ।

यस्तै, पार्टीविरोधी गतिविधिमा संलग्नहरूलाई सम्बन्धित कमिटीले कारबाही गर्ने र चुनावका समयमा कारबाहीमा परेका तर आत्माआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरूको पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने निर्णय गरेको छ ।

६ केन्द्रीय सदस्यको बिदाइ
नेकपा एमालेले ६ जना केन्द्रीय सदस्य केशव स्थापित, प्रमोदनारायण यादव र अन्य चार जनालाई केन्द्रीय कमिटीबाट बिदा गरेको छ । एमालेले अजय क्रान्ति शाक्य (काठमाडौं), जुनेली श्रेष्ठ ९ (मकवानपुर), पार्वती रावल (चितवन), पुरनसिंह दयाल (बैतडी) लाई बिदा दिएको छ । उनीहरूले स्वास्थ्यका कारण पार्टीमा सक्रिय हुन नसकेको जानकारी गराएर बिदा माग गरेकाले सोही अनुरूप स्वीकृत गरिएको बताएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com