२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

शिव श्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर प्रस्तावसहित बोलायो साधारणसभा

काठमाडौ, ११ असोज । शिव श्री हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न असोज २५ गते साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीमा शतप्रतिशत (१ः१ अनुपातमा) हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ ।

सभामा कम्पनीको ठेगाना परिवर्तन गर्ने र चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । सभा, यती इभेन्ट्स एन्ड कन्फेरेन्स सेन्टर, जेलिङ कम्प्लेक्स, बसुन्धारा, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com