२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

स्वास्थ्य क्षेत्रमा आपतकालीन तयारी बलियो नहुनुमा राज्य पक्षकै कमजोरी छ :  मन्त्री बस्नेत

काठमाडौ, २१ असोज । स्वास्थ्य क्षेत्रमा राज्यको कमजोरीको कारण आपतकालीन तयारी बलियो हुन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वीकार गरेका छन् । आज काठमाडौंमा आयोजित ‘स्वास्थ्यमा आपतकालीन तयारीलाई बलियो बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच सहकार्यसम्बन्धी राष्ट्रिय कार्यशाला’मा उनले स्रोत साधनको अभाव र सरकारको कमजोरीको कारण स्वास्थ्य आपलकालिन सेवा क्षेत्रमा सोचे अनुसारको कामहरु गर्न नसकेको बताए ।

स्रोत साधनको कमी कमजोरी हुनुमा उनले सरकारकै कमजोरी रहेको स्वीकार गरे । उनले भने,‘स्रोत र साधनको अभावले राज्य र सरकारको कमी कमजोरीको कारणले भने अनुसार कामहरु गर्न सकिरहेको छैन् ।’

उनले आपतकालिन उद्दार तथा विपद व्यवस्थापनमा न्यून स्रोत साधनको परिचालनमा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो दायित्व पुरा गरिरहेको बताए । उनले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि लैनान सम्बन्धित निकायसँगको सहकार्य महत्वपूर्ण हुने भन्दै सबैसँग सहकार्य र समन्वय गरी अगाडि बढ्नेमा जोड दिए । काठमाडौंमा आजबात सुरु भएको उक्त कार्यशाला भोलिसम्म चल्ने छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com