२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

 

काठमाडौ, ३१ जेठ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ । महासंघले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा प्रतितोला ९०० रुपैयाँ घटेको जनाएको हो ।

यससँगै, बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ कायम थियो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।

मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । सोमबारको तुलनामा ३०० रुपैयाँले बढेर सुनको मूल्य कारोबारमा आएको महासंघले जनाएको थियो । तर, बुधबार एकै दिन तोलामा ९०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

यस्तै, आज चाँदीको मूल्य समेत २५ रुपैयाँले घटेको छ । यससँगै, चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ तोकिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com