२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

आइओसीले घटायो पेट्रोल र डिजलको मूल्य

पेट्रोल र डिजलको मूल्य भारतबाट घटेर आएको छ । भारतबाट डिजल र पेट्रालको मूल्य क्रमशः ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटेर आएको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य यस पटक घटेर आएको निगमले जनाएको छ ।

यसअघि मूल्य बढेर आएकाले निगमले पेट्रोल र डिजलको भाउ लिटरमा ३÷३ रुपैयाँ बढाएको थियो । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ । सोहीअनुसार आइओसीले नयाँ मूल्य निगमलाई पठाएको हो ।

भारतबाट मूल्य बढेर आएको भन्दै निगमले स्वदेशी बजारमा पेट्रोलियम पदार्थको भाउ बढाएपछि यसअघि निगम १५ दिनमा ९ करोड रुपैयाँ नाफामा गएको थियो । बिहीबारको नयाँ मूल्यसूचीपछि भने निगम १ अर्ब रुपैयाँ हाराहारी नाफामा जाने देखिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com