२०८१ बैशाख १ - Sat Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १
Sat Apr, 2024

यस्तो छ आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ। बुधबार अमेरिकी डलर एकको खरिददर बुधबार १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसामा कारोबार भइरहेको छ।

युरोपियन युरो एक रुपैयाँ ६८ पैसाले उकालो लागेर यसको खरिदमूल्य १४१ रूपैयाँ ४६ पैसा र बिक्रीमा १४२ रूपैयाँ ११ पैसा कायम गरिएको छ। त्यस्तै, बेलायती पाउण्डको खरिददर १५८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रूपैयाँ ८ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलरको मूल्य ५२ पैसाले उकालो लागेर यसको खरिदमूल्य ९१ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ९३ पैसा तोकिएको छ । यस्तै
आज क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ३७ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८२ पैसा तोकिएको छ।

यसैगरी कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा छ भने साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३५ पैसा तोकेको छ।

नेपाल राष्ट्र बैंकले युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ११ पैसामा, मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ६८ पैसा र बिक्रीमा ३० रूपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ७४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ २० पैसा र बिक्रीदर ३५१ रूपैयाँ ७९ पैसा कायम गरेको छ

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com