२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

सोल्टीको एक करोड बढी कित्ता सेयर बेचेर जहाज किन्न वायुसेवा निगमलाई सुझाव

काठमाडौं, १५ असोज । सोल्टी होटलमा लगानी रहेको एक करोड भन्दा बढी कित्ता सेयर बेचेर नयाँ जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायुसेवा निगमलाई सुझाव दिइएको छ ।

२०७९ चैतमा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठन भएको  ‘नेपाल वायुसेवा निगमको संरचनागत एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ ले नयाँ जहाज खरिदका लागि निगमको स्वामित्वमा रहेको स्वामित्व संख्या १ करोड ३ लाख ३३ हजार ६ सय ९९ कित्ता सोल्टी होटलको सेयर बिक्री गर्न सुझाव दिएको हो । झन्डै ५० अर्ब ऋणमा रहेको निगमलाई अहिले पुँजी अभावले व्यापार विस्तार गर्न असम्भव जस्तै बनाएको छ ।

निगमलाई ऋण तिर्न व्यापार विस्तार गर्नुपर्ने र व्यापार विस्तार गर्न जहाज खरिद गर्नुपर्ने हुँदा पुँजीको माग पूरा गर्न सोल्टी होटलको सेयर हालको बजार भाउ अर्थात प्रति कित्ता ४ सय ४३ भएका आधारमा कुल बजार मूल्य ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रुपैयाँँमा बिक्री गर्न समितिले सिफारिस गरेको हो ।

यसै गरि समितिले खुला प्रतिस्पर्धा गरी निगमको प्रमुख कार्यकारी नियुक्त गर्न पनि सुझाव दिएको छ । निगमलाई होल्डिङ कम्पनीमा परिणत गरी अधिक सेयर सरकार र सम्बन्धित संस्थाको रहने गरी अन्तर्राष्ट्रिय र आन्तरिक उडानका लागि छुट्टाछुट्टै सहायक कम्पनी खडा गर्न पनि समितिले सुझाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com