कालिका लघुवित्त संस्थाले २० प्रतिशत लाभांश दिने

कालिका लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताब गरेको छ ।
लाभांशमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश र काल कायम रहेको चुक्ता पूँजी ३१ करोड २८ लाख ७५ हजार ४११ रुपैयाँको १९ प्रतिशत बोनस सेयर गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने जानेको छ ।