आन्तरिक उत्पादनको संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाएको हो : अर्थमन्त्री महत

काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहेका छन् । प्रतिनिधिसभा बैठकमा उनले बजेटमाथिको छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिइरहेका छन् ।
छलफलमा भाग लिएको सांसदहरुले उपभोग्य वस्तुमा कर लगाएकोमा अर्थमन्त्री डा.महतको आलोचना गरेका थिए । सोही विषयमा जवाफ दिँदै अर्थमन्त्री डा.महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाएको बताएका हुन् ।