२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

ग्लोबल आइएमई बैंकको ऋणपत्र निष्काशन

ग्लोबल आइएमई बैंकले आज (आइतबार)देखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । ५ वर्ष अवधिको ११.२५% ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ जारी गर्ने भएको हो।

बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जारी गर्ने ऋणपत्रमध्ये बैंकले ३० लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ।

यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । आवेदनकर्ताले फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए रेटिङ प्रदान गरेको छ । यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com