२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

सूर्योदय वोमी लघुवित्तले गर्यो लाभांशको घोषणा

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ। कम्पनीले ८७ लाख ९७ हजार ७१८.५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने भएको हो।

संस्थाको हाल कायम चुक्ता पूँजी ७९ करोड १९ लाख ८४ हजार ७९० रुपैयाँ रहेको छ। संस्थाले उक्त रकमको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो। प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

साबिक वोमी लघुवित्त र सूर्योदय लघुवित्त आपसमा मर्ज भई २०७८ चैत १९ गतेदेखि एकीकृत कारोबार सुरु गरेका थिए। एकीकृत कारोबार भएको मितिबाट २ वर्षसम्म लाभांश कर छुट हुने व्यवस्था भएकोले बोनस सेयर कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको संस्थाले जनाएको छ।

यसका साथै एकीकृत कारोबार सुरु भएको मितिभन्दा पछि सेयर खरिद गर्ने सेयरधनीहरुले भने लाभांश करबापत नियमानुसार रकम भुक्तानी गर्नुपर्ने संस्थाले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com