आज ह्वातै बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) का लागि सुन/चाँदीको मूल्य सार्वजनिक गरेको छ। शुक्रबार प्रति तोला १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ हजारले घटेर १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ।
तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। त्यस्तै चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय २० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ४५ रुपैयाँले घटेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ।