२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

यी हुन् कालोसूचीमा परेका ६ सहकारीहरू

विभिन्न कारणवस एकपछि अर्को गर्दै सहकारीहरू कालोसूचीमा पर्दै गएका छन्। झन्डै बैंकहरुको हाराहारीमा कारोबार गरिरहेका सहकारीहरू एकपछि अर्को गर्दै कालोसूचीमा पर्दै गएका हुन्।

गत भदौदेखि नै बचतकर्ताको रकम फिर्ता गर्न नसकेर समस्यामा रहेको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभ हालसालै कालोसूचीमा परेको छ। काठमाडौंको मिनभवनमा केन्द्रीय कार्यालय रहेको रहेको उक्त सेभिङ एण्ड क्रेडिट को अपरेटिभ कालोसूचीमा परेको हो।

त्यसैगरी, नवसवाल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, शिव शिखर बहुउद्देश्यीय को अपरेटिभ, पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था, शंखनाथ बचत तथा ऋण सहकारी संस्था र शिवालय सेभिङ एण्ड क्रेडिक को अपरेटिभ यिनीहरु गत फागुन १५ सम्म कालोसूचीमा पर्ने सहकारीहरू हुन्।

कालोसूचीमा पर्नेमा पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चलक धन बहादुर अधिकारी, मुना तिवारी, सरस्वती शर्मा, कमला बस्नेत, नेत्र कुमार गिरी, प्रेम कुमारी भुजेल, रेनुका भुजेल र सनिप कुमार भुजेल, नवसवाल सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालक रञ्जना खड्का, सन्तोष प्रधान र युव बहादुर कार्की, शंखनाथ बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक भरत प्रसाद धिताल, जीवन थापा, र राम कुमार उप्रेती, कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालक चन्द्र ज्योति कोइराला, देवसागर लामा र पुष्पराज कोइराला, शिव शिखर बहुउद्देश्यीय को अपरेटिभका सञ्चालक लिलानाथ गौतम र सुशिल बाँनिया, शिवालय सेभिङ एण्ड क्रेडिक को अपरेटिभका सञ्चालक हरि बशिष्ठ भट्टराई, हिमाल राई, पद्मालिम्बु, प्रताप राई, रोजिना कोइराला र सञ्जु अवाले रहेको कर्जा सूचना केन्द्रले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com