२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

आज मलेसिया जाँदै रास्वपाका सभापति रवि लामिछाने

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मलेसिया प्रस्थान गर्दै छन्। लामिछाने राति पौने १० बजे मलेसिया प्रस्थान गर्ने पार्टीकी सह–प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। भ्रमणका क्रममा उनले नेपाली शुभेच्छुक र समर्थकहरुसँग भेटघाट गर्ने र धन्यवाद दिने कार्यक्रम रहेको रावलले बताइन्।

सभापति लामिछाने मलेसियाबाट मंसिर १९ गते स्वदेश फर्किनेछन्। स्वदेश फर्किएको भोलीपल्टै फेरि उनी कतार जाने कार्यक्रम सह–प्रवक्ता रावलले बताइन्। उनी कतारबाटै बेलायत जानेछन्। सभापति लामिछाने मंसिर २९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

सभापति लामिछाने विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उप–सभापति डोलप्रसाद अर्याललाई दिइएको छ।भ्रमणमा सभापति लामिछानेसँगै सह–महामन्त्री कविन्द्र बुर्लाकाटी र सह–कोषाध्यक्ष दीपक बोहरा पनि सहभागी हुनेछन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com