२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

१८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन, १८२ दिन र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मङ्गलवार (मङ्सिर १२ गते) जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो २ बजे उक्त ट्रेजरी बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी पुस १० गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ जेठ १५ गते परिपक्व हुनेछ । साथै, १ वर्षको लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

यो ट्रेजरी २०८१ मङ्सिर ११ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com