२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

लोकतान्त्रिक र कानूनी व्यवस्थाबिना हिंसा अन्त्य गर्न सकिँदैनः अर्थमन्त्रीमन्त्री महत

काठमाडौं । लोकतान्त्रिक व्यवस्थाबिना हिंसा अन्त्य गर्न नसकिने अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन् ।लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक व्यवस्था र कानूनी व्यवस्थाबिना हिंसा अन्त्य गर्न नसकिने बताएका हुन् ।

‘यहीकारण हामीले लोकतन्त्र स्थापनाको आन्दोलनलाई उच्च महत्व दियौं । त्यो नभइकन कुनै पनि कमजोर वर्ग, समूह, क्षेत्रको विरुद्ध हिंसा कम गर्न सक्दैनौं’ महतले भने, ‘महिला विरुद्धको हिंसा पनि कम गर्न सक्दैनौं ।’

अधिकार, लोकतन्त्र, रोजाईको अधिकार, कतै शोषण भयो भने त्यसलाई कानूनले निषेध गर्ने, सजाय सुनिश्चित गर्ने भन्दै उनले लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्ने कुनै पनि प्रवृत्तिले महिला विरुद्धको हिंसा कम गर्न नसक्ने बताए ।

‘लोकतान्त्रिक व्यवस्थामा मात्रै कमजोरमाथि हुने हिंसा कम हुन्छ’ उनले भने ।महिला हिंसा समाप्त पार्न गैरसरकारी तहमा विभिन्न संघ संस्थाहरु लागिरहेको भन्दै मन्त्री महताले यसमा उनीहरुको ठूलो भूमिका हुने उल्लेख गरे ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com