२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

कोशी प्रदेश सरकार विरुद्धको रिटमाथि आज सर्वोच्चमा सुनवाई हुँदै

काठमाडौं, २४ असार । आज कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटमाथि सुनवाई हुँदैछ । कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पुर्याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुँन लागेको हो ।

निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निमार्ण गर्न र ढाल्न भुमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट दर्ता गराएका थिए ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथसमेत गराइसकेका छन् । तर, थापाको मुख्यमन्त्रीमा नियुक्तिको विषय सर्वोच्च अदालतमा पुगेको हो ।सो रिटको आज आइतबारका लागि पेसी तोकिएको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com