२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

कांग्रेसका केदार कार्की कोशीको मुख्यमन्त्री नियुक्त

काठमाडौं, २७ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले शनिबार उनलार्य मुख्यमन्त्री नियुक्त गरेका हुन् ।कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । केन्द्रमा गठबन्धनमा आबद्ध दलहरुले नेकपा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए ।

उक्त सहमतिप्रति असहमति जनाउँदै कांग्रेसको शेखर कोइराला पक्षधर कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।कार्कीको समर्थनमा उनीसहित कांग्रेसका ८ सांसद तथा नेकपा एमालेका ३९ जना सांसद छन् ।समर्थन गर्ने सांसदहरुको प्रत्यक्ष उपस्थितिमा प्रदेश प्रमुख खापुङले सनाखत गराएपछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका एमालेका हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आफूले विश्वासको मत पाउने आधार नदेखेपछि असोज २० गते पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनको आह्वन गरेका थिए ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न हिजो ५ बजेसम्मको समय दिएका थिए । मुख्यमन्त्रीका लागि कार्की र आङ्बो दुवैले आफूलाई ४७–४७ सांसद्को समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए ।

दुवैको बराबरी समर्थन संख्या पेस भएपछि समर्थन गर्ने सांसदहरुको सनाखत गरिएको थियो । सनाखतमा कार्की पक्षका सांसदहरु उपस्थित भएका थिए भने आङ्बो पक्ष सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय गएन ।नाखत गर्दा कार्कीको पक्षमा ४७ सांसद पुगेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com