२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

सुन तस्करी प्रकरणः आजदेखि काठमाडौं अदादतमा थुनछेक बहस हुने

काठमाडौं, १० असोज । आजदेखि सुन तस्करी प्रकरणमा थुनछेक बहस सुरु हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिए पछि आजबाट थुनछेक बहस हुन लागेको हो ।

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालका अनुसार हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको मंगलबारसम्ममा सकिएकाले बुधबारबाट थुनछेक बहस सुरु हुन लागेको हो ।

गत साउन ४ गते समातिएको ६० केजी बढीको सो सुन तस्करी प्रकरण र भेपमा ल्याइएको झन्डै ९ केजी सुन प्रकरणमा सरकारी वकिलका कार्यालयले प्रतिबादीहरूलाइ थुनामा राखेर छानबिन गर्न आदेश माग गर्नेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com