२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

वीर अस्पतालका कर्मचारीलाई तलब दिन नसकेपछि हटायौँ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं, २३ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई हटाइएको जानकारी दिएका छन् ।

मंगलबार काठमाडौंमा विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तलब खुवाउन नसकेपछि कोभिड प्रयोजनमा नियुक्त गरिएका वीर अस्पतालका कर्मचारीलाई हटाएको जानकारी बताएका हुन् ।

स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई सेवाबाट हटाएको थियो ।देशको आर्थिक अवस्था विकराल रहेको र तलब खुवाउन सक्ने अवस्था समेत नआएपछि उनीहरुलाई हटाउन बाध्य भएको मन्त्री बस्नेतको भनाइ छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com