२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको छ :  अर्थमन्त्री महत

काठमाडौं, २१ भदौ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको दाबी गरेका छन् । संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपालको शेयर मार्केटमा पनि विस्तारै सुधार देखिने दाबी गरे ।

प्रेम सुवाल शेयर लगानीबारे सोधेको प्रश्नको जवाफमा अर्थमन्त्री महतले सकैलाई जुन सुकै क्षेत्रमा लगानी गर्न अधिकार रहेको भन्दै त्यसलाई रोक्न नसकिने तर व्यवस्थित गर्न प्रयास भइरहेको तर्क गरे ।

पछिल्लो समय विस्तारै अर्थतन्त्रमा सुधार हुदै गएको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको बताए । ‘अहिले समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालेका छन् । टुरिष्ट एराईभलको कारणले होटल रेष्टुरेन्ट सेवा क्षेत्रमा पनि सकरात्मक प्रभाव पर्न थालेको छ । हाम्रो बजेट खर्च हुन थालेको छ । त्यसले पनि सकरात्मक प्रभाव परेको छ । ’ उनले भने ‘ हाम्रो अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान भएपछि शेयर मार्केट पनि चलायमान हुन्छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com