२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

एकैदिन १ हजार ४ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघ आज (शुक्रबार) को लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। बिहिबार प्रति तोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ४ सयले घटेर १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ।

तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

त्यस्तै, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले घटेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com