२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता भएको छ ।संयुक्त राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर चिन पुगेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिका बिचमा भेटवार्ता भएको हो । शनिबार विहान अमेरिकाबाट चीन पुगेकाका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच हाङआजोमा भेटवार्ता शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्ताका एजेण्डा भने जानकारी गराइएको छैन् । तर नेपालले, नेपालको भौतिक पूर्वाधारलगायत विभिन्न दुई पक्षीय हितका विषयमा छलफल कुराकानी हुने बताइएको छ । भेटवार्तापछि प्रचण्डले दुई घण्टा होटलमा आराम गर्ने र आजै १९ औँ एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com