२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

३३ किलो सुन ल्याउँदा कांग्रेस नेतृत्वको सरकार थियो : विष्णु रिजाल

काठमाडौं, २४ साउन । ३३ केजी सुन नेपाल भित्राउँदा कांग्रेसको सरकार रहेको जनाइएको छ । आज सामाजिक सञ्जालमार्फत प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता विष्णु रिजालले सो सुन ल्याउँदा कांग्रेस नेतृत्वको सरकार रहेको जनाएका हुन् । संसदमा सुन प्रकरणलाइ लिएर वादविवाद भइरहदा रिजालको यस्तो टिप्पणी आएको हो ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रम र गृहमन्त्री हुनुहुन्थ्यो, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, यो घटना ०७४ माघ ८ गतेको हो,’ उनले भनेका छन, ‘केपी ओली प्रधानमन्त्री ०७४ फागुन ३ गते हुनुभएको हो । त्यसबेलासम्म तस्करहरुले सुन पुर्याउनुपर्ने ठाउँमा पुर्याइसकेका थिए ।’

 

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com