२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

दोस्रो पटक सरकारमा सहभागि हुँदै जनमत पार्टी

काठमाडौं २९ साउन । मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट उदाएको राष्ट्रिय जनमत पार्टी पछिल्लो नौ महिनामा दोस्रो पटक सरकारमा सहभागि हुँदैछ ।पुष्पकमल दाहाल नेतृत्व सरकारमा पुसमा सहभागि भएको जनमत पार्टी चैतमा बाहिरिएको थियो । आफुले खोजेको उद्योग मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको जनमत चार पहिनापछि सरकारमा सहभागि हुने भएको हो ।

पार्टी नेत्री अनिता देवी साह आज दाहाल नेतृत्व सरकारमा सहभागि हुँदै छिन् । बिहान १० बजे साहले राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहकाबीच पद तथा गोपनियताको शपथ लिने छिन् । अनितालाई सरकारमा सहभागि गराउन माओवादी केन्द्रले पार्टी नेता अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको छ ।

तत्कालिन खानेपानी मन्त्री अब्दुल खानले आफूले पाएको खानेपानी मन्त्रालय प्रति असन्तुष्टि जनाउदै २०७९ चैतमा राजिनामा गरेका थिए । मन्त्रीमण्डल पुनगर्ठनमा प्रधानमन्त्रीले उनलाई पुन खानेपानीमै राखे पछि जनमत असन्तुष्ट भएको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com