२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

लम्पी स्किनलाई महामारी घोषणा गर्न माग गर्दै काठमाडौंमा एमालेको प्रर्दशन

काठमाडौ, १७ साउन । मुलुकभर फैलिएको लम्पी स्किन पशुरोगलाई महामारी घोषणा गर्न नेकपा (एमाले)ले माग गरेको छ । नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंमा विरोध प्रर्दशन गर्दै एमालेले किसानलाई तत्काल बीमा उपलव्ध गराउनुपर्ने, क्षतिपूर्ति, राहत र सहुलियत कर्जा उपलव्ध गराउनुपर्ने माग गरेको छ ।

विरोधका क्रममा संचारकर्मीसंग बागमती प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयाँलले किसान लम्पी स्किनको महामारीबाट आजित बन्दा समेत सरकार कुभ्मकर्णको निन्द्रामा रहेको आरोप लगाएका छन् । उनले भने ‘ हाम्रो देशमा लम्पी स्किनका कारण एक अर्बको क्षति भइसक्यो । पशु धन पशु बस्तु मरेको कारणले ७६ जिल्लामा फैलिसक्यो । ४९ हजार पशु मरिसके । ११ लाख पशुहरु संक्रमित भइसके । तै पनि सरकार चुप बसिरहेको छ । कुम्भकर्ण निन्द्रामा छ । ’

त्यस्तै काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्या सुन्दर शाक्यले, देशभरका लम्पी स्किन पीडित किसानले काठमाडौंमा आएर संर्घष गर्न नपरोस भन्ने हेतुले राज्यको ध्यानाकर्षण गराएको बताए । उनले भने ‘अहिले हाम्रो माग भनेको सरकारले तुरुन्तै सकिन्छ भने आजै नभए तत्कालै पीडित किसानहरुलाई राहतको व्यवस्था गरोस् ।’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com