२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

आजदेखि नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिन सकिने

काठमाडौ, १८ साउन । नेपाल एसबीआई बैंकले आजदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ ।एसबीआईले १० वर्ष अवधिको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ बिक्री खुला गरेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको हो ।

योमध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् ४० हजार इकई ऋणपत्र छुट्याएको छ । यसमा वार्षिक ९५ ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । यस ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन पाइनेछ ।

उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन ३२ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com