सप्तकोशी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिनेश कुमार पोखरेल नियुक्त भएका छन् । कम्पनीको माघ ८ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई सिइओ पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले माघ ९ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षसम्मका लागि प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई नियुक्त गरेको हो ।