२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

सल्यान दुर्घटना अपडेट :मृतक संख्या तीन पुग्यो

काठमाडौं, २१ असार । सल्यानमा गुडिरहेको बसमा विद्युतको करेन्ट प्रवाह हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । गम्भीर घाइते बसधनी सल्यानको छत्रेश्वरी गाउँपालिका–६ लान्तीका ३३ वर्षीय महेन्द्र ओलीको उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ओलीको दाङ तुल्सिपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए । यसअघि एकै घरका रोल्पा गंगादेब गाउँपालिका–४ का ७२ वर्षीय बालराम डाँगी र उनकै छोरा ४२ वर्षीय टोपलाल डाँगीको घटनास्थलमै मृत्यु भएको थियो ।

विहिबार बिहान १०ः३० बजे राप्ती राजमार्ग अन्र्तगत जिल्लाको कपुरकोट गाउँपालिका–३ चोरखोला स्थित दाङ तुलसीपुर बाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभि प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लाछि छेउमा गाडिएको तारमा छोइदा बसमा करेन्ट लागेको थियो । बसमा १९ यात्रु सवार थिए । अन्य भने सकुशल रहेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com