२०८१ बैशाख १० - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १०
Mon Apr, 2024

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौ, १९ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८४ पैसा र बिक्री दर १३१ रूपैयाँ ४४ पैसा तथा युरो एकको खरिद दर १४२ रूपैयाँ ५४ पैसा र बिक्री दर १४३ रूपैयाँ १९ पैसामा कारोबार गर्न सकिने भएको छ ।

हिजो अमेरिकी डलर एकको खरिद दर १३०.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.५७ रुपैयाँ रहेको थियो भने युरोपियन युरो एकको खरिद दर १४२.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५७ रुपैयाँ कायम गरी कारोबार हुन गएको थियो ।

बेलायती पाउण्ड स्टर्लिग एकको खरिद दर १६५ रूपैयाँ ८४ पैसा र बिक्री दर १६६ रूपैयाँ ६० पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८७.७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७।४७ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९९ रुपैयाँ १७ पैसामा कारोबार गर्न सकिनेछ ।

उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ १ पैसा र बिक्रीदर १० रूपैयाँ ५ पैसामा कारोबार हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९० पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.०३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१६ रुपैयाँमा किनबेच हुुनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com