२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

अर्थतन्त्रमा सुधारका लागि सबै सकारात्मक बनेर अघि बढ्नुपर्छ : अर्थमन्त्री महत

काठमाडौं, ३० साउन । देशमा राम्रो काम भइरहेको बेलामा नकारात्मक कुरा हावी भएको अर्थमन्त्री प्रकाश शरण महतले गुनासो गरेका छन् ।

आज आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले राज्यले गरेको कार्यहरुमा सबै सकारात्मक बनेर लाग्नुपर्ने बताएका छन् ।

उनले भने ‘ यो देशमा यसै पनि नकारात्मक कुराहरु लोकप्रिय हुन्छ । गम्भीर काम भइरहेको छ सिरियस कुरा भइरहेको छ । त्यसलाई सकारात्मक भएर अगाडि ल्याउनु पर्छ ।

अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार भईरहको र सबैले सकारात्मक बनेर अघि बढ्नु पर्ने बताएका छन् । उनले टयाक्सको बाटोमा नआएकाहरुलाई ट्रयाकमा ल्याउनु पर्ने कार्यमा सरकारले प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने पनि जिकिर गरेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com