२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

युक्रेनलाई समर्थन गर्नबाट अमेरिका पछि हट्दैनः जो वाइडेन

काठमाडौ, १५ असोज । अमेरिका र युक्रेन बीचको बढ्दो निकटता कसैबाट लुकेको छैन । यतिबेला अमेरिकामा शट डाउनको संकट छ । यसका बाबजुद पनि अमेरिका युक्रेनप्रति प्रतिबद्ध देखिएको छ ।

अमेरिकी राष्ट्रपति वाइडेनले युक्रेनलाई समर्थन गर्न वाशिङ्टन पछि नहट्ने बताएका छन् । अमेरिकी संसदमा अल्पकालीन विधेयक पारित भएको केही समय पछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो टिप्पणी गरेका हुन् ।

विदेशी सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतवार भनेका थिए कि म अमेरिकी र युक्रेनीहरूलाई आश्वासन दिन चाहन्छु कि तपाईं हाम्रो समर्थनमा भरोसा गर्न सक्नुहुन्छ। हामी पछि हट्ने छैनौं। बाइडेनले रिपब्लिकनहरूलाई युक्रेनको समर्थनको बारेमा बोल्न पनि आह्वान गरेका छन्।

उनले अगाडी यो पनि भने कि मलाई आशा छ कि मेरा साथीहरूले युक्रेनलाई समर्थन गर्नेछन्। हामी युक्रेनका लागि अमेरिकी समर्थनलाई कुनै पनि हालतमा अवरोध हुन दिनेछैनौं।

राष्ट्रपति बिडेनले सदनका सभामुख केभिन म्याकार्थीले युक्रेनलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता कायम राख्ने अपेक्षा गरेका छन् । युक्रेन अहिले आक्रामकता र क्रूरता विरुद्ध लडिरहेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com