२०८० मंसिर १८ - Mon Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १८
Mon Dec, 2023

शरणार्थी प्रकरणः आज बालकृष्ण खाँड र टेकनाथ रिजालको बयान लिइयो

काठमाडौं, १९ जेठ । आज जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा बालकृष्ण खाण र टेकनाथ रिजालको बयान लिएको छ ।  नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाको मात्रै बयान बाँकी रहेको अवस्थामा पुर्व गृहमन्त्री खाँड र भुटानी शरणार्थी नेता रिजालको आज बयान लिएको हो ।

सो प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री रायमाझी, पुर्व सांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष समशेर मियाँसँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले हिजो बयान लिएका थिए ।

आज खाण, रिजाल र हरिभक्त महर्जनको बयान लिने कार्य आजवाट सुरु हुनेछ । महर्जनले हिजो मात्रै आत्मसमपर्ण गरेका थिए ।सो प्रकरणमा मुछिएकाहरूको बयान गत जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com