२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

इजरायलमा रहेका नेपालीहरूको उद्धार गर्न ढिलाई गर्न हुँदैन : सांसद गिरी

काठमाडौ, २१ असोज । इजरायलमा हमास ले गरेको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरूको उद्धार गर्न ढिलाई नगर्न नेकपा एमालेका प्रमुख सचेतक तथा सांसद पदम गिरीले सरकारलाई आग्रह गरेका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले यो विषयमा सरकारले अत्यन्त प्रभावकारी ढंगले आफ्नो कदम उठाउनु पर्ने बताए । ‘ति नागरिकको अभिभावका यो सरकार हो भने उनीहरूको उद्धार गर्न ढिलाई गर्न हुँदैन । यसमा सरकारले अत्यन्त प्रभावकारी ढंगले आफ्नो कदम उठाउनु पर्छ । सरकारले एउटा विज्ञप्ति जारी गरेर मात्र पुग्दैन । ’

उनले प्रधानमन्त्री दाहाल र इजरायलका प्रधानमन्त्री बिच कुरा हुनुपर्ने र नागरिकहरूको जीवन रक्षाको लागि छलफल गर्नु पर्ने बताए । देशमा अवसर नपाएर विदेशिएका नेपाली दाजुभाइ दिदी बहिनीहरूले यस्ता धेरै पाडाहरू भोगेको उनको भनाई छ । यदि जो कोही नेपाली स्वदेश फर्किन चाहन्छन भने सरकारले सम्बन्धी निकायसँग कुरा गरेर नेपाल ल्याउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com