२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

हामीले राज्यको चरित्र र जीवनपद्धतिको पुनसंरचना गर्न सकेनौँ :  राष्ट्रपति पौडेल 

काठमाडौं, ३० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको प्रशासनिक पुनसंरचना सँगसँगै राज्यको चरित्र र जीवनपद्धतिको पुनसंरचना भने गर्न नसकिएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं विश्व सम्मेलनमा राष्ट्रपति पौडेलले सङ्क्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौतीहरु देखा परेको बताए ।

पौडेलले भने, ‘राजनीतिक परिवर्तन पछि देश आर्थिक विकासको चरणमा प्रवेश गरेको छ । तर सङ्क्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौतीहरु पनि देखा परेका छन् । यो चुनौतीको जराबारे मैले सँधै भन्ने कुरा हामीले राज्यको प्रशासनिक पुनसंरचना त गर्यौ तर राज्यको चरित्र र जीवनपद्धतिको पुनसंरचना अझै हुन बाँकी छ ।’

उनले संघीय लोकतान्त्रीक गणतन्त्रका निश्चित मूल्य मान्यता सिद्धान्त  र दर्शनलाई आत्मसाथ गर्न नसके चुनौतीहरुको समाना गर्न नसकिने बताए । नेपालले आर्थिक विकासको लागि चाहिने आर्थिक पूर्वाधार औद्योगिकीकरण  र आन्तरिक उत्पादन तथा आयातको विषयमा बहुपक्षीय साझेदारी आवश्यक भएको उनको भनाई छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com