२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

एनआईसी एसिया डाइनामिक डेब्ट फन्डको लाभांश खातामा जम्मा

काठमाडौं, २३ भदौ । एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ । फन्डले बैंक खातामा नगद लाभांश पठाउन थालेको छ । यता, फन्डको योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।

यसका लागि इकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने एनआइसी एसिया क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७९र८० को नाफाबाट फन्डले १० प्रतिशत नगद लाभांश  वितरण गरेको हो ।

यसका साथै फन्डको लाभांश पुनः लगानी योजनामा सहभागि हुन आवेदन दिएका सम्पूर्ण इकाइधनीहरुको थप इकाई सम्बन्धित इकाइधनीहरुको हितग्राही खातामा चाँडै जम्मा गरिने बताएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com