बैंकहरुले गरे ४४ अर्ब नाफा : धेरै नाफा कमाउनेमा नबिल

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्मको वित्तीय विवरणमा बैंकहरुको नाफा ४१ अर्ब बढी पुगेको छ । बैंकहरु मध्ये सर्वाधिक धेरै नविल बैंकले ४ अर्ब १३ करोड मुनाफा कमाएको छ।
गत पुस मसान्तसम्म बैंकहरुले ३२ अर्ब ८९ करोड २७ लाख बढी नाफा कमाएका थिए । माघ महिनामा मात्रै बैंकहरुले कुल ८ अर्ब १३ करोड ५९ लाख ९० हजार रुपैयाँ बढी नाफा कमाएको देखिएको छ ।
नाफा कमाउनेमा नबिल बैंक
माघ महिनासम्ममा ४ अर्ब १३ करोड २६ लाख ९० हजार बढी नाफा गरी नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाउने बैंक भएको छ। यो अन्य वाणिज्य बैंकहरुको भन्दा धेरै नै हो । नबिलले खुद नाफा एक महिनामै २०.९२ प्रतिशतले बढाएको छ ।
हेर्नुहोस कुन बैंकको कति ?