२०८१ बैशाख २५ - Tue May, 2024 -

Biz Suchana

२०८१ बैशाख २५
Tue May, 2024

हुन्डाईका विद्युतीय गाडी किन्न अब ९.९९ ब्याजदर

काठमाडौं, ४ असार । नेपालकोलागि हुन्डाईगाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन KONAर IONIQ 5 छ को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ ।

दिगोपन र पर्यावरण(मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुण्डाईले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरि एस्तो योजना ल्याएको हो। यस योजना अन्तर्गत इच्छुक खरिद कर्ताहरूले ९.९९ ५ ब्याजदरमा (पहिलो बर्ष को लागि) Hyundai KONA र IONIQ 5 खरिद गर्न सक्नेछन्। बैंकको ३०१ वटै शाखा बाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुनेछ।

विद्युतीय सवारीसाधनमा बढ्दो चासोको गहिरो बुझाइका साथ, कम्पनीले Hyundai KONA र IONIQ 5 लक्षित गरी यो अफर ल्याएको हो ।

Hyundai KONA र IONIQ 5 छ नेपालमा धेरै रुचाएको विद्युतीय गाडी हुन् र यी दुबै ईभीले ग्राहकको मन जित्न सफल भएका छन्। आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमंस र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । Hyundai KONA ३ वटा भेरियन्टमा उपलप्ध छ । KONA NS को मूल्य ६०,९६,०००, GL- ( ६१,९६,००० र GL- भेरियन्टको र ६४,९६,००० रहेको छ । साथै, IONIQ 5 GLS Vision roof भेरियन्ट १०,२९६,००० को मूल्यमा उपलप्ध छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुम तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभी चार्जिङ गर्नका लागि ४० भन्दा बदी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिदै आएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com