२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

मंहगीविरुद्ध एमाले निकट युवा संघको मसाल जुलुस

काठमाडौं, १६ भदौ ।  एमाले निकट राष्ट्रिय युवा संघ नेपालले महंगीविरुद्ध काठमाडौंमा मसाल जुलुस निकालेको छ । काठमाडौंको बानेश्वरमा युवासंघका कार्यकर्ताले बानेश्वरमा एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्नलगायतका उपभोग्य वस्तुमा भएको मुल्यवृद्धि विरुद्ध विरोध प्रर्दशन गरेको हो ।

प्रर्दशनमा सहभागि, महंगी नियन्त्रण, हाम्रो आन्दोलन जारी छ, प्रहरी दमन मुर्दावाद, मुल्य वृद्धी फिर्ता गरलगायतका नारा लगाएका थिए । मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै, कार्यवहाक अध्यक्ष पुष्प  श्रेष्ठले, सरकारले मंहगी नियन्त्रणमा कुनै चासो नदिएको आरोप लगाए ।
‘आज हाम्रो देशले चरम मुल्य वृद्धि खेपिरहेको छ ।

हामीले बारम्बार सरकारलाई मुल्य वृद्धिबारे ध्यानाकर्षण गराउँदै गर्दा उहाँहरुले हाम्रो आवाजलाई सुनुवाई गरेन् ।’ उनले भने ‘ यदी सरकारले हाम्रो कुरा सुनेन भने ७७ जिल्लामा ओगो बाल्नेछ । सरकारलाई घुँडा टेकाउने छौं भनेका थियौं । त्यसै क्रममा आज देशैभरी मसाल जुलुस निकालिएको छ । ’तिगत रुपमा सेटिङमा मुल्य वृद्धि भएको आरोप लगाएका उनले नीति गत भ्रष्टाचारमा उद्योग मन्त्रालय र गृहमन्त्रालयको समेत मिलेमतो रहेको आरोप लगाए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com