२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम सम्झौता नवीकरण

काठमाडौं, ३१ जेठ । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम सम्झौता नवीकरण भएको छ । काठमाडौंमा बुधबार बसेको उच्चस्तरीय संयुक्त समितिको बैठकले श्रम सम्झौता नवीकरण गरेको हो । सो क्रममा दुवै देशका उच्च श्रम अधिकारीहरुको सहभागिता थियो ।

चार वर्षअघि भएको सम्झौताको म्याद सकिने दिन बुधबार नै उच्चस्तरीय संयुक्त समितिको बैठक बसेर नवीकरण गरिएको हो । शून्य लागतमा श्रमिक जान पाउने गरी श्रम सम्झौता नवीकरण भएको छ ।

उक्त बैठकमा नेपालको तर्फबाट श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल र यूएईको तर्फबाटसमकक्षी अब्दुल्लह अली अलनुयमीले आ–आफ्नो देशको टोलीको नेतृत्व गरेका थिए ।

श्रम सम्झौताले रोजगारदाता पे मोडललाई स्वीकार गरेको छ भने सबै विदेशी श्रमिकलाई समान व्यवहार गर्ने, महिला श्रमिकको लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गर्ने, राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउनेलगायतका विषय समेटिएको छ । यूएई पक्षले श्रमिक रोजगारविहीन भएमा तीन महिनासम्मको बेरोजगार भत्ता पाउने गरी श्रमिकको अनिवार्य २४ घण्टाको बिमा नीति लागु गरिएको जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com