२०८१ बैशाख २४ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख २४
Mon May, 2024

सफा हिमाल अभियान–२०२३ को चौथो संस्करण सफलतापूर्वक सम्पन्न

काठमाडौं, २४ जेठ । नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान–२०२३ को चौथो संस्करण सम्पन्न भएको छ।

सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरूणत्से सरसफाइ गर्ने उद्देश्यका साथ उक्त अभियान २८ मार्चमा सुरु भएको थियो। विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा एक कार्यक्रम आयोजना गरेर उक्त अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइएको छ।

अत्यधिक उचाइमा रहेका यी हिमालहरूबाट फोहोर संकलन गर्ने जोखिमपूर्ण यात्रामा नेपाल आर्मीका सदस्य र शेर्पाहरू गरी ९७ जना सहभागी थिए। यस पटक चार हिमालबाट अभियानकर्ताहरूले ३५ हजार ७ सय ८ किलोग्राम फोहोर संकलन गरेको छ।

सफा हिमाल अभियान–२०२३ का निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डेले चार मुख्य हिमालहरूबाट ३५ हजार ७ सय ८ किलोग्राम फोहोर संकलन गरेको बताए। प्रतिकूल मौसम र अत्यधिक उचाइका कारण यात्रा चुनौतीपूर्ण र जोखिमपूर्ण रहेको उल्लेख गर्दै उनले हाम्रा हिमालहरू सफा राख्ने यो अभियान सफलतापूर्वक सम्पन्न हुनुलाई गर्वको रूपमा लिएको जनाए।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com