२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

माओवादीको तीन महिने अभियानको आज उद्घाटन गरिने

काठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र) को तीन महिने अभियान आजबाट सुरु हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’’ को भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गर्नेछन् ।

माओवादी केन्द्रिय कार्यालयका अनुसार अध्यक्ष प्रचण्डले बिहान ९ः०० बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी मुख्यालय पेरिसडाँ‍डावाट अध्यक्ष दाहालले सो सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अघि अध्यक्ष दाहालले चन्द्रागिरी नगरपालिका–२ घट्टेडाँडा पार्कवाट अभियानको उदघाटन सम्बोधन गर्ने कार्यक्रम तय गरिएको केन्द्रिय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका थिए । उनका अनुसार अध्यक्ष दाहालको उक्त सम्बोधन फेसबुक, युट्युव लगायतका बिभिन्न भर्चुअल माध्यमबाट सुन्न र हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com