२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

संसद बैठक १ घण्टाका लागि स्थगित, प्रतिपक्षी दलको अवरोध

काठमाडौं, २१ जेठ । प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित गरिएको छ । आज निर्धारित समयभन्दा ढिलोगरी सुरु भएको प्रतिनिधिसभाको बैठक एमालेसहितका प्रतिपक्षी दलको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको हो ।

नागरिकता विधेयक प्रमाणीकरणसहितका विषयलाई लिएर एमाले, रास्वपा, राप्रपासहितका दलका सांसदले उठेर विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए । सभामुख देवराज घिमिरेले सभाको ध्यानाकर्षण भएको भन्दै बसेर बैठकलाई नियमित प्रक्रियामा लैजान सहयोग गर्न आग्रह गरे ।

तर, उनीहरुले मानेनन्, उठेर विरोध जनाउँदै नाराबाजी गरिरहे । पटक पटकको आग्रह नमानेपछि सभामुख घिमिरेले आज नै बस्नेगरी एक घण्टाका लागि बैठक स्थगित गरेका हुँन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com