२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

सुनुवाइ समिति बैठक : प्रस्तावित प्रधानन्यायाधीश कार्कीले पेस गरे कार्ययोजना, भोलि सवालजवाफ

काठमाडौं, ३२ जेठ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको बिहीबारको संसदीय सुनुवाइ सकिएको छ । सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनी उपस्थित भएका थिए । बुधबार उजुरीकर्तासँग छलफल गरेको समितिले सुनुवाइका लागि बिहीबार कार्कीलाई बोलाइएको हो । सो क्रममा बैठकमा कार्कीले न्यायालयमा हुने विचौलियाको प्रभाव निस्तेज पार्नेसहितको कार्ययोजना पेस गरेका छन् ।

आफूले न्यायाधीशको इमान कायम राखेको दाबी गर्दै उनले विचौलियाका गतिविधि सूक्ष्म निगरानीमा राख्ने जानकारी दिए । उनको बिहीबारको सुनुवाइ सकिएको छ । शुक्रबार फेरि सुनुवाइ हुनेछ । त्यसबेला सांसदहरुले उनको कार्ययोजनासहितका विषयमा प्रश्न गर्नेछन् भने कार्कीले जवाफ दिने कार्यक्रम छ ।

१ फागुन २०७८ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि कार्की कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनलाई गत २५ वैशाखमा संवैधानिक परिषद्ले प्रधानन्याधीशमा सिफारिस गरेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com