यस्तो रहने छ आजको सुनचाँदीको मूल्य

आज (मंगलबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रति तोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य स्थिर रही आज पनि सोहि मुल्यमा कारोबार भएको हो। त्यस्तै तेजाबी सुनको मूल्य प्रति तोला १ लाख ४ हजार २ सय निर्धारण भएको छ।
चाँदीको पनि सोमबारकै मूल्य यथावत रही प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।