२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

मेन्छियाम हाइड्रोपावरले सार्वजनिक गर्‍यो नोक्सानी बढेको वित्तीय रिपोर्ट

काठमाडौ, ४ भदौ । मेन्छियाम हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ करोड ३८ लाख ७१ हजार रुपैयाँ घाटा व्यहोरेको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो वर्षको यसै त्रैमासमा कम्पनी १ करोड १ लाख ७८ हजार रुपैयाँ नोक्सानीमा थियो ।

कम्पनीले विद्युत बिक्री गरेर १ करोड ३९ लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यसले विद्युत उत्पादन सुरु गरेको थिएन । हाइड्रोपावरले ३ करोड १९ लाख ३६ हजार रुपैयाँ ब्याज भुक्तानी गरेको छ । त्यसैले गर्दा यसको घाटा बढेको हो ।

हाल यस कम्पनीको चुक्ता पुँजी ५३ करोड ९८ लाख ८ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोष १२ करोड ९५ लाख २७ हजार रुपैयाँ ऋणात्मक छ । मेन्छियाम हाइड्रोपावरको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १३ पैसा नोक्सानीमा छ । नेटवर्थ ७६ रुपैयाँ रहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com