२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा रहेको छ । लघुवित्तले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ९७ हजार ३०५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा मंसिर १९ गतेदेखि २६ गतसम्म आवेदन दिन सकिने छ । विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति कम्पनी, संघ, संस्थाहरुले मिति २०८० साल मंसीर २६ गते कार्यालय समयभित्र अवेदन दिन सक्ने छन् ।

लघुवित्तले विद्यमान संस्थापकलाई यसअघि नै सेयर खरिदका लागि ३५ दिने सूचना जारी गरेको थियो । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएकोले उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गर्न लागिएको हो ।बोलपत्र आवेदन फारम एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली – ११ काठमाण्डौबाट प्राप्त गर्न सकिने छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com