बुधबार सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो।