२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने समय थप गरियो

काठमाडौ, १९ जेठ । लुम्बिनी विकास बैंकले ऋणपत्र बिक्री नभएपछि आवेदन दिने समय थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर जेठ ३० गतेसम्म पुर्याइएको हो ।यसअवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ ।

बैंकले जेठ १६ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्य ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । ४ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।

यसमध्ये सामूहिक लगानी कोषलाई २० हजार इकाई सुरक्षित गरिएको छ । बाँकी ३ लाख ८० हजार कित्ताको लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com