एकैदिन ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सुनको मूल्य घटाएको छ । बिहिबार १ लाख ६ हजारमा कारोबार भएको छापवाला सुनको मूल्य शुक्रबार तोलाको ११ सयले घटेर १ लाख ५ हजार ८ सय भएको हो।
यो संगै तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँ भएको छ। यस्तै चाँदीको मूल्य स्थिर रहेको छ। बिहिबार प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोहि रकममा कारोबार भएको छ।